काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सलग्न रहेको आरोपमा पक्राउ पूर्जि जारी भएको ११ औँ दिनमा पूर्व मन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
नेकपा एमालेका सचिवसमेत रहेका रायमाझी आज काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेको जिल्ला प्रहरी परिसरका काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
एमालेले केही दिन अघि मात्र रायमाझीलाई निलम्बन गरेको थियो ।
रायमाझीसँगै नक्कली भुटानी शरनार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०, २१:०८