काठमाडौँ । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागु हुँदैछ ।
नेपालमा प्रयोग हुने मोबाइललाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ ।
‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् ।
नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।
नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस (mमmक।लतब।नयख।लउ) मा दर्ता भनभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।
प्राधिकरणले आयातकर्ता÷बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री गर्न आग्रह गरेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०, १०:४३