काठमाडाैँ । सर्वोच्च अदालतले कैलालीको टिकापुर घटनामा संलग्न रहेकोमा रेसमलाल चौधरीले पाएको जन्मकैदको सजाय सदर गरेको छ ।
जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट भएको जन्मकैदको सजायलाई नै सर्वोच्च अदालतले पनि सदर गरेको हो । सर्वोच्चका न्यायाधीशहरू आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीको हकमा जिल्ला र उच्च अदालतले तोकेको जन्मकैदको सजाय सदर हुने फैसला गरेको हो ।
सोही मुद्दामा आरोपी लक्ष्मण थारुले भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने फैसला गर्दै सर्वोच्च अदालतले सीताराम चौधरी र गङ्गाराम चौधरीले भने सफाइ पाउने फैसला गरेको छ । उच्च अदालतले लक्ष्मण थारुलाई पाँच वर्षको सजाय तोकेको थियो । सर्वोच्चले यो सजाय २ वर्षले घटाएको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०, १७:४१