काठमाडाैँ । सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विजुली उपभोक्तालाई निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विजुलीको खपत बढाउनका लागि वर्षा याममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विजुली उपभोक्तालाई निशुल्क उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।
यस्तै अबका २ वर्षभित्र सबै नागरिकका घरमा विजुली पुर्याउने घोषणा पनि सरकारले गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यासलाई विजुलीले प्रतिस्थापन गर्ने, हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गर्नेलगायत उर्जासँग सम्बन्धित महत्त्वपूर्ण घोषणा गरेको छ ।
नीति-तथा-कार्यक्रम-२०८०-
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०, १७:२८