काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले पुरुष विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
२२ सदस्यीय प्रारम्भिक टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र अर्जुन साउद छन् । यस्तै, टोलीमा सन्दीप जोरा, देव खनाल, किशोरी महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, मौसम ढकाल र अविनाश बोहरा रहेको क्यानले जनाएको छ । भारतमा हुने एक दिवसीय विश्वकप क्रिकेटमा छनोट हुन नेपालले छनोट प्रतियोगिता खेल्दैछ । प्रतियोगिता आउँदो जुन १८ देखि जुलाई ९ सम्म जिम्बाबेमा हुँदैछ ।
प्रतियोगितामा जिम्बाबे वेस्ट इन्डिज, श्रीलङ्का, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नेपाल, अमेरिका र युएईले प्रतिस्पर्धा गर्नेछन् । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिने छ ।
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०, १७:१९