पर्वत । पर्वतको कुश्माबजारमा ६ महिना अगाडिसम्म जताततै फोहोरको थुप्रो देखिन्थ्यो ।
अहिले त्यस्तो अवस्था छैन । नगरपालिकाले अहिले दिनदिनै फोहोर उठाउने मात्रै होईन, फोहोरलाई प्रसोधन गरी आम्दानीको माध्यम पनि बनाएको छ ।
कुहिने र नकुहिने फोहोर अलगअलग सङ्कलन गर्न थालिएको छ । फोहोर उठाउन हप्तामा दुई पटक नगरपालिकाको गाडी घरघरमै आउँछ । यसबाट सफा त भएको छ नै, आम्दानीको माध्यम पनि फोहोर नै बनेको कुश्मा नगरपालिका ६ का वडाध्यक्ष रुद्र गिरीले बताउनुभयो ।
समयमै फोहोर सङ्कलनका लागि गाडी घरमै पुग्छ र सङ्कलित फोहोरलाई अलग अलग गरी बिसर्जन गर्ने गरिएको छ । थोरै रचनात्मक उपाय लगाएपछि फोहोर मोहोरमा बदलिएको छ भने नगर क्षेत्र पनि सफा सुग्घर भएको छ ।
यसरी सङ्कलन भएको फोहोर कुहिनेलाई कम्पोष्ट मल बनाएर नगरका किसानलाई सहुलियतमा बिक्री गरिन्छ भने नकुहिने वस्तुहरू प्रसोधन गरी विक्री गरिँदै आइएको छ । फोहोरबाट मोहोर बनाउने योजना अनुरुप नगरपालिकाले फोहोर व्यवस्थापन सुरु गरेको नगर उपप्रमुख सीता काफ्ले लामिछानेको भनाइ छ ।
कुश्मा नगरपालिकामा दैनिक १० टन फोहोर सङ्कलन हुँदै आएको छ । डम्पिङ साईड नहुँदा ६ महिना अघिसम्म मोदीखोला, बडागाउँ सामुदायिक वन र छमर्केमा फोहोर फाल्ने गरिएको थियो ।
जसका कारण त्यस क्षेत्रमा दुर्गन्ध बढेको नागरिकको गुनासोपछि नगरपालिकाले फोहोर व्यवस्थापन थाल्यो । अहिले नगरबासी खुसी छन् ।
समयमै फोहोर सङ्कलनका लागि गाडी घरमै पुग्छ र सङ्कलित फोहोरलाई अलग अलग गरी बिसर्जन गर्ने गरिएको छ । थोरै रचनात्मक उपाय लगाएपछि फोहोर मोहोरमा बदलिएको छ भने नगर क्षेत्र पनि सफा सुग्घर भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३२, २०७६, १५:०३