ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको भोटो जात्राको मुख्य दिन आज भोटो देखाइएको छ । मत्स्येन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल भोटो जात्रामा सरिक हुनुका साथै भोटो जात्रा अवलोकन गर्नुभएको थियो । उहाँले रातो मत्स्येन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । उनले 'जीवित देवी' कुमारीको पनि दर्शन गर्नुभयो ।
भोटो जात्रामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल , सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ तथा मन्त्रीहरू सहभागी हुनुहुन्थ्यो । यस्तै सयाैँ सर्वसाधारणले पनि भोटो जात्रा अवलोकन गर्नुभयो ।
वैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा भोटो देखाएसँगै यस वर्षका लागि सम्पन्न भएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०, १८:१५