काठमाडाैँ । अदालतको आदेशमा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीको कैद सजाय माफी हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पाैडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी दिनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
आइतबार विहान बसेको मन्त्रिपरिषद् बैठकले रेशमको कैद माफीका लागि सिफारिस गर्ने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
रेशम चौधरीलाई २०७२ साल भदौमा कैलालीको टिकापुरमा थरुहट आन्दोलनका क्रममा ७ जना सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु भएको घटनामा जिल्ला, उच्च र सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए । केही दिन अघि मात्र सर्वाेच्च अदालतले चाैधरीलाई जन्मकैदको सजाय सदर गर्ने फैसला गरेको थियो ।
चाैधरीका साथै सात जना जेष्ठ नागरिकसहित ५ सय १ जनाको बाँकी कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०, १८:५९