काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधयकमा कुनै कम्जोरी भएको भएमा सरकारले सच्याउनु बताउनु भएको छ ।
यूरोप भ्रमण सकेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न विषयमा पत्रकारहरूले राखेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो । गुठीका नाममा जनतामाथि, गरिबहरूमाथि शोषण भइरहेको उल्लेख गर्दै उहाँले कहीँ कतै त्यस प्रकारका गुठीहरूमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्ने जानकारी दिनुभयो ।
‘अब केही मानिसहरूले खुबै मौका पायौँ भन्ठानेको होला । कुनै चान्स आउने वाला छैन । चान्स छैन । किन भने यो सरकार जनताका लागि, जनताले भने अनुसार काम गर्छ ।’ उहाँले भन्नुभयो । मच्छेन्द्रनाथको रथ यात्रा आफैमा एउटा धरोहर भएको टिप्पणी गर्दै प्रधानमन्त्रीले आफू स्वदेश फर्किसकेका कारण यो असन्तुष्टिहरू जायज भएमा सम्वोधन गरिने बताउनुभयो । स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा विभिन्न विषयमा ६ जना पत्रकारहरूले प्रधानमन्त्री ओलीलाई ८ वटा प्रश्न राखेका थिए । प्रधानमन्त्री ओलीले १३ मिनेट ४२ सेकेण्डमा ती प्रश्नहरूको जवाफ दिनुभएको थियो ।
प्रधानमन्त्री ओलीले दिएको जवाफ जस्ताको तस्तैः
मैले एक दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरू हाम्रो वक्तव्यमा उल्लेख नभएका जस्तो हामीले मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरेको थियौँ ।
आइएलओका डाइरेक्टरले दिनु भएको भोजमा संयुक्त राष्ट्र संघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपति लगायत नर्वेका प्रधानमन्त्री अनेक नेताहरूसँग साइड लाईनमा वा अनेक ढङगले वाञ्छित कुराकानी भएको छ र त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्याएको छ ।
अर्को, एउटा कुरा केही मानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन । अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो । हिजो एउटा समय थियो, जतिबेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौँ ।
राजनीतिक अधिकार नै थिएन । त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्ता सम्पन्न थिएन । त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो । अहिले दुईओटा कुरा नबुझेको हो । एउटा– जनता नै सार्वभौसत्ता सम्पन्न भइसकेको छ ।
यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो ।
तसर्थ जनताको इच्छा, भावना र हित विपरित कुनै पनि कुरा हुँदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरी मान्ने, जनताको इच्छा, आकांक्षा, हित र आदेश अनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ ।
त्यसकारण जनताका कुरा सुन्छ । जनताको हितमा काम गर्छ । अर्को कुरा कुनै पनि कुरा शतप्रतिशत परफेक्ट नहुन पनि सक्छ । त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँनिर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुने हो । त्यो विरोध केही उछालिनेवाला पनि छैन् । जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो ।
भड्काउन सकिनेवाला पनि छैन् । जनताका लागि काम गर्ने सरकार छ । अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कही देखियो भने त त्यो सरकारले सच्चाइहाल्छ । त्यसकारण जनताको इच्छा अनुसार काम गर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो ।
जनताको अभिमतबाट जनताप्रति प्रतिवद्ध रहेर, जनताप्रति प्रतिवद्धता जनाएर, त्यो प्रतिवद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथ आएको सरकार हो । त्यस कारण यो सानातिना कुराहरुमा नअल्झिए हुन्थ्यो । अल्झिरहनुपर्ने आवश्यकतै थिएन ।
गुठीका नाममा
सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो साँंस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड रीतितिथिसँग कुनै कुराले कहीँनेरी अलिकति पनि प्रतिकुल असर वा घच्चा जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हसाँउन हो ।
छानविन हुँदैछ–जो दोषी छ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ । वाइड बडी अहिलेसम्म उडेन । किन भने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ ।
त्यसकारण कहीँ कतै केही नपुगेको देख्दा वा कहीँ कतै केही भुलबस् कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म त्यति भन्न चाहन्छु यस सन्दर्भमा । अर्को हाम्रा जहाजहरू युरोपियन आकासमा पनि उड्नेछन्, विश्वका जुनसुकै आकासमा उड्ने छन् ।
त्यो उड्ने प्रवन्धका लागि हामी तयारी गर्दैछौँ । यसपल्ट पनि हामीले गम्भीरताका साथ कुरा उठाएका छौँ ।
सन् १९४७ को सम्झौतालाई त्रिपक्षीय राख्नु जरुरी छैन
अर्को सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजका हाम्रा आवश्यकतालाई त्यसले निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसकारण स्वाभाविक हो यो कुनै आवेश उत्तेजनाको विषय होइन ।
१९४७ को त्रिपक्षीय सन्धी त्यो भारतबाट व्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरु रेजिमेन्ट मारिएका बेलाको कुरा हो । त्यस कारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नु पर्ने आवश्यकता छैन । आज हामी दुई पक्षीय सहमतीमा जान सक्छौँ । त्यसका लागि पुनरावलोकन गर्नु पर्छ ।
समग्र पुनरावलोकनको पक्षमा हामी छौँ । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्न नहुने कुरा वा लुकाएको कुरा होइन । मैले युकेमा त्यहाँ प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरे र हाम्रो विचार हो यो । हाम्रो सोच हो भनेर भने । तर त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभइसकेको अवस्थामा त्यो दुई पक्षीय संयुक्त वक्तव्यमा आउदैन त्यो, स्वभाविक हो ।
अहिले हामीले उठाएका हौँ त्रिक्षीय सम्झौता अब आवद्यिक रहेन, यसको पुनरावलोकन गर्नु पर्छ भन्ने कुरा हामीले उठाएका हौँ ।
भ्रमण फलदायी रह्यो
भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो । हामी अत्यन्त सक्रिय पनि रह्यौँ । हामीले हाम्रा नीतिहरू, उपलब्धिहरू, आवश्यकताहरू, आंकाक्षाहरू यी सबै कुराहरूलाई सबै ठाउँमा सान्दर्भिक ढङ्गले, सान्दर्भिक ठाउँहरूमा उठाएका छौँ, अगाडि बढाएका छौँ ।
छानविन भइरहेका कुरामा नबोलौँ
वाईड बडीचाहिँ त्यसमा छानविन हुँदै छ । छानविन भइरहेका कुरामा मैले धेरै केही नबोलौँ । अब गैर जवाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ तर मैले परिणाम नआइकन कसैको बारेमा भन्न मिल्दैन ।
छानविन हुँदैछ–जो दोषी छ उम्किन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ । वाइड बडी अहिलेसम्म उडेन । किन भने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ ।
लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौँ, धन्यवाद ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६, १६:२७