काठमाडौँ । १६औँ गणतन्त्र दिवसको अवसरमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विविध कार्यक्रम आयोजना गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौँको गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरेको हो ।
दिवसका उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत विभिन्न राजनीतिक दलका प्रमुखले गणतन्त्र दिवसका अवसरमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनीहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
विसं २०६२ó६३ को जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना भएको हो । तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बिच भएको सहमतिअनुसार २०६४ साल चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचन भयो । २०६५ साल जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्ष लामो शाह वंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।
गणतन्त्रले १५ वर्षको अवधि पार गरे पनि आफूहरूका आशा पूरा गर्न नसकेकोमा नागरिकले गुनासो गर्दै आएका छन् ।
तस्बिर- लक्ष्मी धिमाल
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०