काठमाडाैँ । श्रीयन्सी ज्ञवालीले लेखेको पुस्तक ‘द डार्क सेक्रेट्स अफ अन्नेम’ बजारमा आएको छ ।
अङ्ग्रेजी साहित्यमा निक्कै लोकप्रिय ‘टिन फेन्सासी’ विधाको पुस्तकलाई बेलायतको चर्चित प्रकाशक अष्टिन म्याक्कले पब्लिसर्सले बजारमा ल्याएको हो । पुस्तकलाई प्रकाशकले १५ वर्षदेखि १७ उमेर समूहलाई लक्षित भनेको छ । तथापि पुस्तकको कथा बस्तुले अन्य उमेर समूहका पाठकलाई पनि मन पर्ने प्रकाशकको दाबी छ ।
यो पुस्तकले सानैमा अभिभावक गुमाएर अनाथालयमा हुर्किएकी एक किशोरीको कथा भन्छ, जो हुर्कँदै गर्दा उनको पहिचानको जोखी र उनी बाचेको क्रूर यथार्थसँग सङ्घर्ष गर्न बाध्य हुन्छिन् । पुस्तककी लेखिका आफै किशोरी हुन् । नेपालको भैरहवामा जन्मिएकी लेखक सन् २०११मा परिवारसँगै क्यानडामा बस्दै आउनुभएको छ ।
हाल क्यानडाको ओन्टारियो प्रोभिन्सको ब्रम्प्टनमा बस्ने ज्ञवालीलाई सानै देखिको साहित्य लेखनको रुचि रहेकोमा अभिभावक र शिक्षकको प्रेरणाले पुस्तक लेख्न थालेकी थिइन् । यो उपन्यास श्रीयन्शीको पहिलो प्रकाशित पुस्तक हो । २४० पृष्ठको पुस्तकलाई ‘अमेजन’ मार्फत संसारभरिबाट अनलाइन खरिद गर्न सकिन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०, १५:१०