काठमाडाैँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेकाे छ ।
सिंहदरबारमा मंगलबार बसेको समितिकाे बैठकले कार्कीविरुद्ध कुनै उजुरी भए १० दिनभित्र गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेकाे हाे ।
कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा इमेलमार्फत उजुरी दिन सकिने छ । यसबारेकाे सार्वजनिक सूचना सरकारी सञ्चारमाध्यमबाट प्रकाशन हुने पनि समितिले जनाएकाे छ । संवैधानिक परिषदले कायमुमुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि वैशाख २५ गते नै सिफारिस गरे पनि संसदीय सुनुवाई समिति गठन नहुँदा सुनुवाइ प्रकृया अघि बढेको थिएन ।
यसपटक बेनामे उजुरी दिन नपाइने तर उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राखिने समितिले जनाएको छ । कार्की १५ महिनादेखि कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत हुनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०, ११:५९