अछाम । पानीको समस्याका कारण अन्तै सरेको अछामको एक बस्ती पुनः गाउँमै फर्किएको छ ।
अछामको मेल्लेख गाउँपालिका ४ कुस्कोटको गोलाभाट बासिन्दा पुनः गाउँमा फर्केका छन् । केही समय अगाडि गाउँमा पानीका मुहान सुक्दै गएपछि त्यहाँका नागरिक अन्तै सर्न बाध्य भएका थिए ।
गाउँमा पाईपद्वारा खाने पानी पुगेपछी स्थानीय बासिन्दा खुसी भएका छन् । लामो समयदेखि पानी नपाई काकाकुल बनेका गोलाघाट बासी २५ एमएमको पाईपबाट पानि गाउँमा आएपछि खुसी भएका हुन् । हाल कुस्कोटको गोलाभाट बस्तीका लागि गुराँसे टाउका भन्ने स्थानबाट ९ किलोमिटर पाइपबाट पानी ल्याइएको छ ।
पानी गाउँमा पुगेपछि गाउँ छोडेका स्थानीयबासी फेरि गाउमा फर्केका हुन् । पानी पाउने आशामा त्यहाँका महिला तथा पुरुषहरूले सक्रिय भई काम गरेको स्थानीय जव्वन साउँदले बताउनुभयो । गाउँमा पानीका मुहान सुक्दै गएपछी करिब डेढ घण्टा पैदल हिडेर पुरानो (नाउलो) कुवाको पानी पिउन बाध्य रहेको उहाँले बताउनुभयो ।
हाल खानेपाीबाट ४३ घरधुरी लाभान्वित भएका छन् । खानेपानीका लागि सुदूरपश्चिम प्रदेश सरकार र मेल्लेख गाउँपालिकाबाट २३ लाख रुपैयाँ खर्च भईसकेको र अझैँ रकम अपुग भएको स्थानीय जनक साउँदले बताउनुभयो । खानेपानीको मेल्लेख गाउँपालिकाको अनुगमन समितिले अनुगमन पनि गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६