काठमाडौँ । २० वर्षदेखि प्रशंसनीय खोज विधि (एप्रिसियटिभ ईन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा प्रशिक्षणमा सक्रिय डा. राम चन्द्र लामिछानेको "मुसुमुसु हाँस्दै" बोलको गीत सार्वजानीक भएको छ ।
यसअघि सकारात्मक सन्देश भएका उत्प्रेरणामूलक गित सार्वजानीक गरेका लामिछानेले प्रेमको सकारात्मक शक्ति र यसले जीवनलाई सफल बनाउन खेल्ने भूमिकाको बारेमा जानकारी दिनका लागि यो गीत रेकर्ड गरेको बताउनुभयो ।
गीतमा वरिष्ठ सङ्गीतकार वसन्त सापकोटाको सङ्गीत छ भने प्रेम परियारको स्वर रहेको छ । सङ्गीत संयोजन विषम आचार्यले गर्नुभएको छ ।
लामिछानेका यसअघि सकारात्मक उत्प्रेरणा जागाउने "हामी सबैले सक्दछौँ", "खुसी हुँदै फर्कन स्वदेशमा" बोलका नेपाली तथा "सकारात्मक सोचेके बा" बोलको भोजपुरी तथा एप्रिसियटिभ इन्क्वारीको नेपाली र अङ्ग्रेजी गीत सार्वजानीक भइसकेका छन ।
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०, ०८:४५