‘गुड मर्निङ सर’ – फोन उठ्ने बित्तिकै उसले मसिनो स्वरमा बोली ।
उसले गुड मर्निङ फर्कायो । उसको गुडमर्निङ फर्काउने शैली सुनेपछि सुरुचिले थाहा पाई, ऊ उठेकै छैन ।
हतारहतार भनी, ‘तपाईंको निन्द्रा बिगारेकोमा क्षमा चाहान्छु । मैले एउटा सानो अनुरोधका लागि फोन गरेको ।’
उसले बोल्न नपाइ फेरि आफैँ बोली, ‘शनिबार साढे ७ बजे एउटा रेडियो कार्यक्रम छ हाम्रो । अरु बेला अघिल्लै दिन तयारी हुन्थ्यो, यसपटक पनि अरू नै विषय तय भइसकेको थियो । तर, हिजो साँझको घटनापछि समसामयिक राजनीतिकै विषयमा छलफल गर्ने कि भन्ने कुरा भयो । कार्यक्रम लाइभ नै हुन्छ । त्यसकै लागि फोन गरेको हो मैले तपाईंलाई ।’
ऊ अलिकति अकमकायो । आफूभन्दा राम्रो विश्लेषण गर्न सक्ने भनेर अरू नै दुईजनाको नाम सिफारिस गर्यो ।
‘उसले भाउ खोज्दै छ ?’ – एक मनले प्रश्न गर्यो ।
अर्को मनले जवाफ दियो, ‘होइन, यो स्वभाविक हो ।’
आफ्नो दुई मनलाई चुप लगाएर उसले भनी, ‘जबरजस्ती त गर्न मिल्दैन हामीले । तपाईं इच्छुक हुनुहुन्छ भने मात्रै म कुरा गर्छु तपाईंसँग । तपाईले नाम लिएका दुबैजनासँग मैले यसअघि पनि कुरा गरिसकेको छु । उहाँहरू निकै राम्रो बोल्नुहन्छ । तर अहिलेचाहिँ मैले तपाईसँगै कुरा गर्ने भनेर फोन गरेको । केही समस्या छ र तपाईंलाई ?’
‘होइन, त्यस्तो समस्या त छैन । हुम्.....के के कुरा गर्छाैं हामी ? कति मिनेटको कार्यक्रम हो ?’ सायद उसले अन्तरवार्ता दिने मनस्थिति बनायो ।
सुरुचिले उसलाई कार्यक्रममा कुराकानी गर्नसक्ने केही बुँदाहरू बताई । भनी, ‘आधा घण्टाको कार्यक्रममा यो भन्दा धेरै छलफल गर्न नसकिएला कि !’
फेरि थपी, ‘हुन त कति छलफल हुन्छ भन्ने कुरा तपाईंको जवाफमा भर पर्छ । जवाफ छोटोमै आयो भने त योभन्दा अझै धेरे प्रश्नहरू सोध्न सक्छु मैले ।’
ऊ हाँस्यो ।
‘हुन्छ, तपाईंलाई साढे ७ बजे स्टुडियोको नम्बरबाट फोन आउँछ । तयारीका लागि तपाईसँग एक घण्टाको समय छ । अब सिधै कार्यक्रममा कुरा गरौँला । थ्याङ्क्यू सो मच सर ।’ – सुरुचिले उसलाई स्टुडियोको नम्बर बताई र ल्याण्डलाइनबाट आउने फोन रिसिभ गरिदिन अनुरोध गरी ।
फोन रिसिभ हुन्न कि भनेर पहिलो कलचाहिँ उसले मोबाइलबाटै गरेकी थिई ।
............
रेडियोको काम अलि रसमै गर्नुपर्ने हुन्छ । समाचार बाहेकका कार्यक्रममा पूर्व तयारीका लागि पर्याप्त समय हुने भए पनि देश, काल, परिस्थितिले कहिलेकाहीँ अलि फरक बनाइदिन्छ । यो हप्ता पनि त्यस्तै भयो सुरुचिलाई ।
हतारकै बीच पनि धन्न अतिथिहरूले ‘म बोल्दिनँ’ भन्दैनन् र सजिलै हुन्छ ।
केही समयअघि एकजना सिनियरबाट उसको नम्बर पाएकी थिई उसले । विदेश पढेर आएको । गज्जव बोल्ने मान्छे । राजनीतिका विषयमा गज्जब बहस गर्ने । राम्रो विश्लेषण गर्नसक्ने ।
उसको बारेमा खुब तारिफ सुनेको थिई सुरुचिले ।
‘सधैँ कत्ति उही पुराना विश्लेषकका कुरा सुन्नु, कहिलेकाहीँ नयाँ मान्छेसँग कुरा गरौँ न’ – यही सोच आएको थियो आज उसलाई ।
........................
कार्यक्रम सकेर स्टुडियोबाट तल नझर्दै फेसबुकमा उसको रिक्वेस्ट आइसकेको रहेछ ।
ओहो ! जमाना पहिलेजस्तो कहाँ छ र ?
‘मन परेको रेडियो प्रस्तोतालाई चिठ्ठी लेख्ने, भेट्न जाने,.......।’ यो सब गरिराख्नै पर्दैन अब ।
चिठ्ठी र भेटलाई फेसबुकले विस्थापित गरिदिइसक्यो ।
स्रोताको प्रतिक्रियाका लागि हप्तौ कुरिराख्नु पर्दैन अचेल । गाली होस् वा ताली, तत्कालै पाइन्छ ।
रिक्वेस्ट मात्रै आएको थिएन उसको, मेसेज पनि थियो सँगै ।
‘अघिको कार्यक्रम कहाँ सुन्न पाइन्छ ? कस्तो राम्रो कार्यक्रम चलाउनुहुँदो रहेछ । कति कडा प्रश्न सोध्नुभएको !’ ........प्रश्नहरूसँगै स्माइली इमो पनि थियो ।
जिन्दगीका बेठिक पाटा पहिलो भेटमै कसले सुनाओस् अरूलाई ? नत्र, नदुखेको जिन्दगी कसको हुन्छ र ? उनीहरू सञ्चोबिसञ्चोको औपचारिकतामै थिए । दुई ग्लास पानी र मेन्यू बोकेर वेटर बहिनी टेबलमा आइपुगिन् ।
तत्कालै रिप्लाई गरी, ‘त्यस्तो राम्रो बोल्नुहुने रहेछ । तै पनि कुरा गर्न खोज्नुभएको थिएन, किन ?’
उसको प्रश्नको जवाफ होइन, प्रश्नै सोधेर पठाई ।
उसले जवाफ दिएन ।
‘धन्यवाद’....भन्यो ।
जवाफ नपाए पनि वेबसाईटबाट कपी गरेर कार्यक्रमको लिङ्क पठाई ।
‘पछि पनि कुरा गर्दै गरौँला, समय र कुराकानीका लागि फेरि पनि धन्यवाद छ तपाईंलाई ।’ – उसले औपचारिकता निभाई र कुराकानीको बिट मारी ।
.................
‘नमस्कार । मिडिया छोड्नुभएछ । अबको योजना के हो ?
त्यस दिनपछि कुरै भएन ।
मिल्छ भने कफी खाउँ न एकदिन ।’
झन्डै दुई वर्षपछि उनै विश्लेषकको मेसेज आयो ।
सुरुचिले मेसेज रिप्लाइ गरी, – ‘नमस्ते सर । हुन्छ नि, एकदिन भेटेर कफी खाम् । कहिले, कता सजिलो हुन्छ भन्नुहोला नि । दुबैजनाको समय मिलाएर भेट्नुपर्छ ।’
....................
‘शुक्रबार दिउँसो २ बजे ।’ – उसले एकदिन लोकेसनसहित भेट्ने समयका बारेमा मेसेज गर्यो ।
एउटा क्याफेमा भेटिए उनीहरू ।
...........
सहरमा चौतारा हुन्न । सुस्ताउँदै दुःख सुखका गफ गर्नलाई । फराकिला बाटाहरू पनि हुन्नन्, घण्टौँ उभिएर मनका भावनाहरू पोख्नलाई ।
न यहाँ धारा छ, पानी भर्ने बहानामै भए पनि गफ सुन्नलाई । सुनाउनलाई । साँघुरा गल्लीहरू समेत शान्त हुन्नन् । भनौँ न, सहरमा गफिने ठाउँ नै हुँदैन ।
................
तर, सहरमा मान्छेहरू भने प्रशस्तै हुन्छन् ।
.............
सुरुची क्याफे पुग्नु अघि नै पुगेर ऊ पर्खिरहेको थियो ।
‘नमस्ते ।’ – उसले दुई हात जोडी । मास्क हुँदैन थियो भने उनीहरूका मुस्कानहरूले साटिरहेको अभिवादन पनि देखिन्थ्यो ।
उसले पनि हात जोडेरै नमस्कार फर्कायो ।
भित्र बगैचासहितको क्याफे ! निकै राम्रोसँग सजाइएको थियो । दुरी कायम गरेर सोफामा बसे उनीहरू ।
.................
‘कस्तो चल्दै छ त जिन्दगी ?’
पूरै जिन्दगीभरि लगाएर व्याख्या गरे पनि नसकिने प्रश्न सोध्यो उसले ।
पहिलो प्रश्नै कति अप्ठ्यारो !
तर उसले एकदमै सजिलो उत्तर फर्काइ, “एकदमै ठीक छ सर । हजुरको सुनाउनु न !” उत्तरसँगै अनुरोध पनि राखी ।
जवाफका लागि सजिलै बाटो रोज्यो । भन्यो, “मेरो पनि एकदमै ठीक छ ।”
जिन्दगीका बेठिक पाटा पहिलो भेटमै कसले सुनाओस् अरूलाई ? नत्र, नदुखेको जिन्दगी कसको हुन्छ र ? उनीहरू सञ्चोबिसञ्चोको औपचारिकतामै थिए । दुई ग्लास पानी र मेन्यू बोकेर वेटर बहिनी टेबलमा आइपुगिन् ।
उसले मेन्यू सुरुचितिर तेस्र्यायो र पानी पिउन थाल्यो । के लिनुहुन्छ ? – सुरुचिले मेन्यू हेर्दै उसलाई सोधी । ‘भेजमा के बन्छ मीठो ?’ – उसले वेटरतिर हेरेर सोध्यो ।
‘माछामासु नखानेले सिङ्गै मुटु खाइसक्यो’ भनेर गुनासो गर्छन् मेरा साथीहरू ! ....सुरुचिले उतिर नहेरी भनी ।
आफ्नो यत्ति कुराले पिउँदै गरेको पानी सर्काउला भन्ने उसलाई के थाहा ?
‘सरी !’ – उसले क्षमा मागी ।
‘एउटा पिज्जा, एउटा पनिर मोमो अनि एउटा मसरुम चिल्ली । ’ – सुरुचिले उसलाई नसोधी दुवैजनाको लागि खानेकुरा अर्डर गरी ।
वेटर बहिनीले डिजिटल नोटमा अर्डर टिपिन् ।
उसले सोध्नुभन्दा पहिल्यै सुरुचिले थपी, मसरुम पहिला ल्याइदिनु ल । पिज्जा मिक्स भेज, अनि लास्टमा दुईवटा कफी । अर्डर रिकन्र्फम गरेर उनले धन्यवाद भनिन् ।
‘शेयर गरेर खान तपाईंलाई केही समस्या हुन्न नि ? – सुरुचिले उसलाई सोधी ।
ल, किन समस्या हुनु ? – उसले सजिलो बनाइदियो ।
................
“अबको योजना के हो त तपाईंको ?” – उसले कुराकानीलाई निरन्तरता दियो ।
दोस्रो प्रश्न झन अप्ठ्यारो थियो । खहरे उर्लिएजस्तै जिन्दगीका योजनाहरू मनमा उर्लिए । कुन योजना सुनाउनु उसलाई ?
फेरि उसले जवाफको लागि सजिलै बाटो रोजी । भनी, ‘खै हेरम्, केही त होला । अहिलेसम्म त त्यस्तो खास योजना बनेको छैन ।’ “तपाईं नेपाल आउनु भएको कति भयो ? अब यतै बस्नुहुन्छ कि फेरि जानुहुन्छ ?” – सुरुचिले उसको बारेमा थप जान्ने इच्छा राखी ।
“बस्न त देशै बस्न मन हो । यतै बस्न मन हो । तर मनको सबै कुरा कहाँ पूरा हुने रहेछ र !”
उसले साहित्यीक जवाफ फर्कायो ।
उसँगको पहिलो भेट । त्यसपछिका कयौँ कफी गफहरू । साँझको डिनर । फोनमा घण्टौँ हुने कुराकानी । हरेक बिहानको गुडमर्निङवाला मेसेज । समाज र राजनीतिका विषयमा हुने ती बहसहरू ।
“धेरै मान्छेले यसै भन्छन् । मनको सबै कुरा त पूरा नहोला तर मनका कुराहरू पूरा गर्न के ले रोक्यो भनेरचाहिँ कसैले भन्दैनन् । तपाईंलाईचाहिँ खास के समस्या परेको हो र, नेपाल बस्नलाई ?” – उसले अञ्जान भावमा प्रश्न गरी ।
“भन्न थाल्यो भने सिङ्गै दिनले पुग्दैन । अलि फुर्सदमा कुरा गरौँला नि यो विषयमा ।” –राजनीतिको विश्लेषण गर्ने मात्रै होला भनेको त मान्छे हल्का साहित्यकार परेछ, सुरुची मनमनै मुस्कुराई ।
मनको कुरा खोल्न उसले आनाकानी गरेपछि उसले थप कर गरिन ।
वेटर बहिनीले अर्डर बमोजिम नै खानेकुरा ल्याइदिइन्, पालैसँग । उनीहरूले खाजा खाँदै केही सामाजिक विषयमा छलफल गरे । केही राजनीतिका विषयमा । उसै पनि सुरुची व्यक्तिगतभन्दा सामाजिक÷राजनीतिक विषयमा छलफल गर्न मन पराउने मान्छे ।
..........
कफी पिएर दुबैजना निस्कने तयारीमा लागे । वेटर बहिनीले बिल ल्याइदिइन् । बहिनीले बिल उतिर तेस्र्याएपछि ऊ सुरुचितिर हेरेर मुस्कुरायो ।
हजुरले अर्को पटक तिर्नुहोला । (यसपटक बिल आफूले तिर्ने भावमा उसले भन्यो ।)
“ओहो ! अर्कोपटक पनि हाम्रो भेट हुन्छ ?” – सुरुचिले हाँस्दै भनि ।
........
‘हजुरलाई अप्ठ्यारो हुँदैन भने म छोडिदिउँ ?’ उसको अनुरोधमा सुरुचिले ‘हैन, म गइहाल्छु ।’ भनेर टारी ।
उसले फेरि कर ग¥यो, ‘केही समस्या छ र ?’
‘त्यस्तो त हैन ।’ भनेर टारे पनि मानेन र सुरुचिलाई घरसम्म छोडिदियो । घर पुग्नुभन्दा अलि अगाडिकै बाटोमा झरी ऊ । उसलाई धन्यवाद भनी र छुट्टिई ।
.............
पहिलो भेटको झन्डै चार महिनापछि एकदिन उसले मेसेजमा लेख्यो, ‘म अब जानुपर्छ । नेपाल बसाइ लगभग सकियो भने पनि हुन्छ । पर्सिको फ्लाइट छ ।’
उसको मेसेज हेरेर दिमाग शून्य भयो । जवाफ लेख्नै आएन उसलाई ।
...........
उसँगको पहिलो भेट । त्यसपछिका कयौँ कफी गफहरू । साँझको डिनर । फोनमा घण्टौँ हुने कुराकानी । हरेक बिहानको गुडमर्निङवाला मेसेज । समाज र राजनीतिका विषयमा हुने ती बहसहरू ।
आफूले सुनाएका बाल्यकालका सम्झनाहरू....
असारको रोपाइँ, गाउँमा धारा नहुँदाको दुःख, पिच नभएको गाउँ जाने बाटो, दाउरा लिन जाँदा रुखबाट लड्नुभएको आमा, ठूली दिदी बित्दाको शोक, सिसौको रुखमुनी बसेर पढेको स्कुलको कहानी, घर पछाडिको उखुबारीमा भएको सेना र माओवादीको भिडन्त, आँगनमा गुन्द्री ओच्छाएर गाउँभरिका मान्छेले सुन्ने ७ बजेको समाचार, समाचार भन्न आउने कोमल ओली र हरिशरण लामिछाने, पत्रमित्रताका लागि रेडियोमा पठाएको चिठ्ठी, आफ्नो रोजाईको गीत सुन्न पाइने कार्यक्रम ‘गीत सङ्गीत’..... अनि, उसले सुनाएका युनिभर्सिटिका किस्साहरू । सबै एकएक गरी घुम्न थाल्यो दिमागमा ।
उसले फटाफट फोन नम्बर टिपी र मेसेज लेखी, “हेल्लो ! इट्स मि सुरुची........नौ सय खोला तरेर भन्ने गीत बजाइदिनु होला है । यो गीत मेरो आफ्नो मान्छेको लागि डेडिकेट गर्न चाहान्छु ।”
सुरुचि झन शून्य भई ।
हातमा भएको मोबाइलमा उसैगरी रेडियो बजिरहेको थियो, जसरी बा को सिरानीबाट सुटुक्क झिकेर आफ्नो कोठामा ल्याएको रेडियो बज्थ्यो ।
‘हेल्लो साथीहरू....तपाईंहरू अहिले सुन्दै हुनुहुन्छ, स्वर्णिम सङ्गीत । तपाईंहरूको साथमा छु, म प्रस्तोता शिलु । टेक्निकल रुममा हुनुहुन्छ, साथी प्रविन । कार्यक्रम स्वर्णिम सङ्गीतमा तपाईं पनि आफूलाई मनपरेको गीत रोज्न सक्नुहुन्छ र सुनाउन सक्नुहुन्छ, आफ्नो मान्छेलाई । त्यसका लागि तपाईंले हामीलाई मेसेज गर्नुपर्ने हुन्छ ।’
उसले फटाफट फोन नम्बर टिपी र मेसेज लेखी, “हेल्लो ! इट्स मि सुरुची........नौ सय खोला तरेर भन्ने गीत बजाइदिनु होला है । यो गीत मेरो आफ्नो मान्छेको लागि डेडिकेट गर्न चाहान्छु ।”
कार्यक्रम प्रस्तोताले टिपाएको त्यही नम्बरमा उसले मेसेज सेन्ड गरी ।
उसको हात दराज नजिकै पुग्यो । खोली देब्रेतिरको घर्रा । झिकी अस्ति तीजमा आएको गिफ्ट बक्स । जहाँ थियो, उसैले पठाएको उपहार...रातो साडी, रातै सेन्डील र धागो । उसले साडी झिकी र सुम्सुम्याइ, ऐनातिर हेरी । बक्सबाट एउटा कागजको टुक्रा खस्यो । जसमा निकै सुन्दर अक्षरमा लेखिएको थियो.....‘डियर सुरुची, ह्याप्पी तीज ।’
त्यही बेला रेडियोमा गुञ्जियो उसको रोजाईको सुमधुर स्वर,.....
‘नौ सय खोला तरेर जाने बिर्सने पो हौ कि मलाई, बिर्सने पो हौ कि
नफर्केसम्म पर्खेर बस्छु सम्झनाको दियो जलाई, बिर्सने पो हौ कि....’
आफूले लेखेको मेसेज कतिखेर वाचन भयो ? पत्तै पाइन उसले । उ एकोहोरो....टोलाइरही ऐना अगाडी.....हातको रातो साडी दराजको ऐनामा चम्किरहेको थियो ।
गीत उसैगरी बजिरह्यो...
‘बादलले ढाके म रोईरहेछु भनेर ठाने है
बाडुल्की लागे म सम्झिरहेछु भनेर जाने है
सम्झिरहेछु, सम्झिरहेछु जाने है......’
प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०, १५:००