काठमाडाैँ । मलेसियासँगको टी-ट्वान्टी महिला क्रिकेट शृङ्खला नेपालले जितेको छ । पाँचौँ तथा निर्णायक खेलमा आज मलेसियालाई ३ विकेटले हराउँदै नेपालले शृङ्खला ३–२ ले विजयी भएको हो ।
१ सय १० रनको लक्ष्य नेपालले खेल सकिन ४ बल बाँकी हुँदा भेट्टाएको हो । नेपालका सीता रानामगरले सर्वाधिक ३४ रन बनाउनुभयो भने कप्तान रुबिना क्षेत्रीले २६ अप्सरी बेगमले अविजित १५ र ज्योति पाण्डेले अविजित ११ रन बनाउनुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले वान जुलियाको ४७ रन मद्दतमा ५ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो ।
नेपालका कविता जोशीले २ तथा ईश्वरी विष्टले १ विकेट लिनुभयो ।
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०, १२:०२