काठमाडौं । इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमै निधन भएको छ । आफूविरुद्ध लागेको अभियोगका विषयमा सुनुवाइका क्रममा अदालतमा उपस्थित हुनुभएका उहाँको मृत्यु भएको हो । मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मोर्सीलाई जासुसीको अभियोग सम्बन्धी मुद्दाको सुनुवाइका लागि अदालतमा उपस्थित गराइएको थियो ।
जासुसी सम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामिक समूह हमाससँग शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै बेहोस भएर लडेको केहि समयमा नै मृत्यु भएको हो । अदालतमा उपस्थित गराइएका मोर्सीलाई सिसाको पिँजडाभित्र राखेर करिब पाँच मिनेट बयान लिइएको थियो ।
अदालत कारबाहीमा बाधा नपुगोस् भनेर त्यस्तो पिँजडामा राखेको बताइएको छ । निधन हुनुको खास कारण भने खुलाइएको छैन । मुस्लिम ब्रदरहुड दलले भने आफ्ना नेताको निधनलाई हत्याको संज्ञा दिएको छ ।
मुस्लिम ब्रदरहुडका एकजना प्रवक्ताले मुर्सीलाई उपचार सेवा उपलब्ध नगराइएको बताउनुभएको छ । जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उहाँ बेहोस हुनु भएको थियो ।
बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्याउन् भनेर त्यस्तो पिँजडामा राखिएको बताइएको थियो। मृत्युको कारण तत्काल बताइएको छैन। तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटकका कुनै ताजा निसान नभएको जनाइएको छ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६, ०८:३८