हुम्ला । हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु खण्डबाट महेन्द्र बोलेरो कर्णाली नदीमा खसेर वेपत्ता भएको छ । लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यांचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिनुभयो ।
आज मध्यान्न साढे बाह्र बजे दुर्घटना भएको गाडी कर्णाली नदीमा बेपत्ता भएको याक्चु प्रहरी लाई उद्धित गर्दै शहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिनुभयो । सिमकोट देखि खार्पुनाथ गाउँपालिकाको केन्द्र यांचुतर्फ जाँदै गरेको गाडी कर्णाली नदीमा खसेको हो ।
बेपत्ता हुने दश जना पुगे
कर्णाली नदीमा बेपत्ता भएको गाडीमा रहेका दश जनाको स्थानीयले एकिन गरेका छन् । खार्पुनाथ गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत चन्द्रविर शाहीका अनुशार दुर्घटनामा परी बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्दु शाही हमाल उहाँका भाई चन्द्र हमाल, गाडीका चालक मणी शाही, ढुकु भण्डारी नामले चिनने नैनसिंह भण्डारी, वसन्ती शाही, नन्ददेवी सिंह रहेको प्रमाणीत भएको छ ।
यसैगरी खार्पुनाथ गाउँपालिका १ की कौर कामी र उहाँको २ वर्षको वालक समेत बेपत्ता भएका छन् । दुर्घटनामा गाडीको वल्डीङ्ग गर्न गएका एक जना मिस्त्री समेत परेका छन् तर उनको नाम भने एकिन भएको छैन् । गाडीमा सवारको संख्या एकिन नभएकाले कती दुर्घटनामा परे भन्ने एकिन विवरण छैन ।
उद्धारमा चार हेलिकप्टर
दुर्घटना भएको गाडीको उद्धारका लागि जिल्ला सदरमुकाम सिमकोट देखि चार हेलिकप्टर खटिएका छन् । गाडी दुर्घटना भएको खबर आउने बित्तिकै सिमकोटमा रहेका सिम्रीक एयर, समिट एयर, मनाङ एयर लगायतका चार हेलिकप्टरले नेपाली सेना र नेपाल प्रहरीको उद्धार टोलीलाई घटनास्थलतर्फ गएको सहायक प्रमूख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार अपरान्ह १ बजेदेखि उद्धारका लागि खटिएको भएपनि अहिले गाडी र यात्रुको कुनै प्रमाण फेला परेको छैन् । कर्णाली नदीमा पानीको बहाब बढेकाले पनि उद्धारमा समस्या भएको बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६, १६:२२