रसुवा । सुख्खा पहिरोका कारण रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ मार्गभित्र थुनिएका १७ कामदारको उद्धार कार्य आज बिहानबाट सुरु भएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको नेतृत्वमा खटिएको नेपाली सेना, प्रहरी र स्थानीयबासीकाे पहलमा उद्धार कार्य अगाडि बढाएको हो ।
रसुवाको गोसाइकुण्ड –२ मा पर्ने आयोजनास्थलमा रहेको सुरुङमा हिँजो साँझ करिव साढे ८ बजे झरेको सुख्खा पहिरोमा कामदारहरु थुनिएका थिए।
सुरुङभित्र ११ नेपाली र ६ चिनियाँ कामदार भएको र उनीहरुसँग सेटमार्फत कुराकानी भइरहेको प्रमुख जिल्ला अधिकारी मण्डारीले सीआईएनलाई जानकारी दिनुभयो ।
सदरमुकाम धुन्चेबाट २८ किलोमिटर उत्तरमा घटनास्थल रहेको र सुरुङभित्रका कामदार सुरक्षित रहेको आयोजना प्रमुख छवि गैरेले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६, ०७:००