काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ का लागि कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आन्तरिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आज प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नु भएको हो ।
चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
स्थानीय तहको वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको मन्त्री सिंहले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०, १७:१०