काठमाडौँ । बागमती प्रदेशस सरकारले आर्थिक वर्ष २०८०/०८१ को लागि ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आजको प्रदेश सभाको बैठकमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्नु भएको हो ।
चालु आर्थिक वर्षमा बागमती प्रदेशको बजेट ७० अर्ब ९३ करोड ९२ लाख रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०, १७:४९