काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेका २ जना बाहेक सबैलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लाथि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासले आज गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो ।
महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ ।
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०, १८:२२