ध्यान कुलुङ, खाँदबासी एफएम, सङ्खुवासभा
सङ्खुवासभाको हेँवा खोलामा गएराति बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ ।
बाढीले बगाएर ल्याएको अवस्थामा पाँचखपन नगरपालिका ५ मा एक शव भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । शवको पहिचान हुन बाँकी छ ।
चैनपुर नगरपालिका ४ पेङ्कोट र पाँचखपन नगरपालिका ९ मा गएको पहिरोले खोला थुनेपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षती भएको हो ।
बाढीले चैनपुर ४ मा निर्माण भईरहेको सुपर हेँवा हाईड्रोमा पूर्णरुपले क्षती पु¥याउँदा १७ जना मजदुर बेपत्ता रहेको वाना प्रहरी चौकीका ईञ्चार्ज टिकाराम राईले जानकारी दिनुभयो ।
खोलामा बाढी आएपछि उनीहरू अन्यत्र भागेको वा बाढीमा परेको भनेर यकिन हुन बाँकी रहेको राईले भनाइ छ ।
बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधिन मोटरेबल पुल पनि बगाएको छ भने किनार क्षेत्रमा ४ घर बगाएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०, ०८:५२