काठमाडौँ । लगातारको वर्षाका कारण पाँचथर जिल्लामा ५ जना मानिस बेपत्ता भएका छन् भने एकजनाको जीवितै उद्धार गरिएको छ ।
पाँचथरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोमा परेर ५ जना बेपत्ता भएको जानकारी आएको र एक जनाको उद्धार गरिएको सीआईएनसँग बताउनुभयो ।
बेपत्ता भएकाको उद्धारका लागि सबै सुरक्षा निकाय परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
बाढीले फिदिम–जोरपोखरी जोड्ने हेवा खोलाको पक्की पुल बगाएपछि मेची राजमार्गमा सवारी आवागमन ठप्प भएको प्रमुख जिल्ला अधिकारी मंग्रातीले बताउनुभयो ।
पुल बगाएपछि पाँचथर–ताप्लेजुङको यातायात सम्पर्क विच्छेद भएको छ भने पाँचथरका तीन वटा गाउँपालिकासँगको सम्पर्क पनि टुटेको छ ।
बाढी र पहिरोले पु¥याएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले पाँचथरले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०, ०९:२२