काठमाडौ । सरकारले विदेशी च्यानल प्रसारणको अनुमति नलिएका विदेशी च्यानलहरूका साथै विज्ञापनहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
सुचना तथा प्रसारण विभागले आज एक सुचना जारी गर्दै विभागबाट सञ्चालनको इजाजत पत्र वा अनुमति प्राप्त संस्थाहरूले डाउनलिङ्क नभएको विदेश च्यानलहरू वा विदेशी विज्ञापनहरू समेत प्रसारण गर्ने गरेको गुनासा आएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ ।
सुचनामा विभागको वेवसाईटमा राखिएको अनुमति प्राप्त विदेशी च्यानल र विज्ञापन मात्रै प्रसारण गर्न/गराउन पाउने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।
डाउनलिङ्क अनुमति नलिएका विदेशी च्यानलका साथै विज्ञापनहरू प्रसारण भईरहेको भए तत्काल बन्द गर्न र बन्द नगरेको खण्डमा प्रचलित कानुन बमाजिम कारवाही गरिने विभागका प्रवक्ता भरत गौतमले सीआईएनसँग बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, असार ६, २०८०, १७:१५