काठमाडौँ । नेपालमा ११ लाख बालबालिका श्रममा संलग्न रहेको एक अध्ययनले देखाएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन र नेपाल सरकारले गरेको अध्ययनअनुसार कुल जनसङ्ख्याको १५ प्रतिशत बालबालिका अनौपचारिक श्रमको क्षेत्रमा रहेका छन् ।
जसमध्ये दुई लाख बालबालिका जोखिमयुक्त काम गर्न बाध्य छन् ।
अध्ययनअनुसार बालबालिका कृषिदेखि होटल, सार्वजनिक यातायात, निर्माण, माटो, बालुवा तथा गिट्टी खानीमा काम गर्न बाध्य छन् ।
नेपालको संविधानअनुसार १४ वर्ष भन्दा कम उमेरका बालबालिकालाई रोजगारमा संलग्न गराउनुु र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई जोखिमपूर्ण श्रम तथा व्यवसायमा संलग्न गराउनुु गैरकानुनी हो ।
तर पारिवारिक आर्थिक अवस्थाका कारण बालबालिकाहरू सानो उमेरमै जोखिमपूर्ण रुपमा श्रम गर्न बाध्य छन् ।
मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक वर्ष हजारौँ बालबालिका श्रमका लागि भारत जाने गरेकाले उनीहरूका विषयमा पनि राज्यले नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०, १५:०६