नेपालगञ्ज । बालविवाह विरुद्ध किशोरकिशोरीको रेडियो पत्रकारिता अभियान बाँकेको नेपालगञ्जबाट सुरु भएको छ । अभियान अन्तर्गत बाँकेका ६२ जना किशोरकिशोरीले बालविवाह विरुद्धका रेडियो कार्यक्रम उत्पादन गर्नेछन् ।
अभियानमा सहभागी हुने किशोरकिशोरीका लागि नेपालगञ्जमा २ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
किशोरकिशारीले बालविवाह विरुद्ध कसरी कार्यक्रम बनाउने भन्ने बारेमा अभिमुखीकरणमा सिकीरहेका छन् । अभिमुखीकरणको सहजीकरणका लागि सीआईएनका म्यानेजर दीपक आचार्यलगायतको सहभागिता रहेको छ ।
बाँकेका बिभिन्न क्षेत्रबाट छनौट भएका किशोरकिशोरीलाई नेपालगञ्ज र कोहलपुरका गरी ५ वटा सामुदायिक रेडियोमा परिचालित हुनेछन् । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को 'स्वयम्सेवी पत्रकारिता' अभियान अन्तर्गत अभिमुखीकरणको आयोजना गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६, १५:०२