काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष रासायनिक मलको अभाव नहुने दाबी गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले सोधेका प्रश्नको उत्तर दिँदै उहाँले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको भन्दै यो वर्ष धान बालीका लागि रासायनिक मल अभाव नहुने दाबी गर्नुभएको हो ।
यसपटक ३ लाख ५१ हजार मेट्रिक टन रासायनिक मल आयात भएको र यो महिनाभित्र कोलकात्ताबाट ४५ हजार मेट्रिक टन मल भित्रिने उहाँले जानकारी दिनुभयो ।
जनमत पार्टीका सांसद अब्दुल खानले प्रधानमन्त्रीलाई मल अभावबारे प्रश्न सोध्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०, १३:१८