ललितपुर । देशका धेरै ठाउँमा धमाधम रोपाइँ भइरहेको छ ।
काठमाडाैँ उपत्यकाभित्र बर्सेनी घर बनाउने क्रम बढेसँगै खेती गर्ने जमिन कम हुँदै गएको छ । तर पनि ललितपुरको खोकनालगायत ठाउँमा भने अझै खेतका फाँटहरू देख्न पाइन्छ । केही दिन अघि खोकना पुग्दा त्यहाँ रोपाइँ धमाधम भइरहेको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०, १७:४८