काठमाडौँ । नेपाल १४ औँ साफ च्याम्पियनसिप फुटबलको समुह चरणबाटै बाहिरिएको छ ।
शनिबार भएको खेलमा आयोजक भारतसँग २-० ले पराजित भएसँगै साबिक उपविजेता नेपाल यसपटक समुह चरणबाटै बाहिरिएको हो ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएकाे खेलमा भारतलाई जिताउन ६२ औँ मिनेटमा सुनिल क्षेत्री र ७० औँ मिनेटमा महेश सिंह नोरिमले गोल गर्नुभयो ।
खेलपछि नेपालका कप्तान किरण चेम्जोङ्ले नेपालले खेल नजिते पनि नेपाली खेलाडीको प्रदर्शनप्रति सन्तुष्ट रहेको बताउनुभयो । धेरै युवा खेलाडी रहेकाे नेपाली टिमको प्रदर्शन सन्तोषजनक रहेको उहाँको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, असार ९, २०८०, २१:४३