काठमाडौँ । मुलुकभरमा मानसुन सक्रिय भएसँगै बाढीपहिरोका कारण हुन सक्ने अवरोध हटाउन उपकरणसहितको टोली तयारी अवस्थामा रहेको सडक विभागले जनाएको छ ।
विभागले देशभर रहेका ७० वटा राजमार्गमध्ये पहिरोको जोखिममा रहेका क्षेत्र पहिचान गरेर डोजर तयारी अवस्थामा राखिएको जनाएको हो ।
सीआईएनसँग कुरा गर्दै सडक विभागका प्रवक्ता रामहरी पोखरेलले भन्नुभयो । ‘जोखिम भएको क्षेत्र पहिचान गरेर हामीले टोली खटाएका छौँ । यो कम भएमा अरुलाई पनि मैदानमा खटाउने तयारी छ ।’
यसवर्ष एक दिन ढिला गरी गत जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुन चार दिनअघि देशभरि फैलिएको हो ।
प्रकाशित मिति: आइतबार, असार १०, २०८०, ०८:१०