काठमाडौँ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङ्लाई नेपाल प्रहरीको केन्द्रीय अुनसन्धान ब्युरो सीआईबीले काठमाडौँबाट पक्राउ गरेको हो ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाइएको प्रकरणबारे थप अनुसन्धान गर्नुपर्ने भएकाले गुरुङलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीले करिब डेढ वर्षअघि यो प्रकरणबारे अनुसन्धान गरि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा फाइल बुझाएकोमा कार्यालयले अनुसन्धान अधुरो रहेको भन्दै फाइल फिर्ता गरेको थियो ।
ब्युरोले थप अनुसन्धानकै क्रममा गुरुङलाई पक्राउ गरेको सीआईबी स्रोतको भनाइ छ । यहि प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा भने विशेष अदालतमा विचाराधीन छ ।
प्रकाशित मिति: मंगलबार, असार १२, २०८०, १२:१५