काठमाडौँ । इस्लाम धर्मावलम्बीले आज (बिहीबार) बकर इद पर्व धूमधामसँग मनाएका छन् ।
बकर इद इस्लाम धर्मावलम्बीको दोस्रो ठुलो चाड हो । इद उल फित्र (रमजान)को ७०औँ दिनमा बकर इद मनाउने गरिन्छ ।
बकर इदको दिन बिहान सबेरै नुहाएर मस्जिद वा इदगाहमा गइ सामूहिक रूपमा नमाज (धर्मग्रन्थ) पढ्ने गरिन्छ । त्यसपछि आपसमा शुभकामना आदानप्रदान गरी खुसी साटासाट गर्ने गरिन्छ ।
अल्लाह (भगवान्)लाई खुसी पार्न इस्लाम धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिइन्छ । बकर इदको अवसरमा आज सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ ।
यी तस्बिर काठमाडौँको कास्मिरी मस्जिद परिसरमा खिचिएका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०, १३:०९