काठमाडौँ । भारी वर्षा भएका कारण गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढीपहिरोको जोखिम देखिएको छ ।
पछिल्लो ६ घण्टादेखि लगातार भारी वर्षा भएका कारण स्याङजा , तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका क्षेत्रमा बाढी र पहिरोको जोखिम रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका अनुसार सम्बन्धित क्षेत्रका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडको भिरालो जमनिमा पहिरो आउन सक्ने भएकाले दिउँसो १ बजेसम्म सावधानी अपनाउनुपर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०, ०७:४४