काठमाडौँ । एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भइरहेको खेलमा नेपालले आयरल्यान्डलाई २६९ रनको लक्ष्य दिएको छ ।
जिम्बावेको हरारेमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर २६८ रन बनाएको हो ।
नेपालका लागि गुल्सन झाले अविजित ५७ रन बनाउनुभयो । यस्तै, अर्जुन साउदले ४८, कुशल मल्लले ४४, सन्दीप लामिछानेले ३२, रोहित पौडेलले २९ र भीम सार्कीले २० रनको योगदान गर्नुभयो ।
कुशल भुर्तेल ८, ज्ञानेन्द्र मल्ल ७, करण केशी ४, दीपेन्द्रसिंह एेरी शुन्य रनमा आउट हुनुभयो । किशोर महतो १ रनमा अबिजित रहनुभयो ।
नेपालले आयरल्यान्डसँग पहिलोपटक एकदिवसीय क्रिकेट खेलिरहेको हो । आयरल्यान्ड टेस्ट मान्यता प्राप्त टोली हो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०, १६:०५