काठमाडाैँ । नेपाल आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगितामा आठाैँ भएको छ । सातौं स्थानका लागि भएकाे खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित भएसँगै नेपाल आठाैँ भएको हो ।
नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले खेल सकिन ४ बल बाँकी हुँदा ८ विकेट गुमाएर पूरा गर्यो।
नेपालका करण केसीले ४, किशोर महतोले २ तथा गुलसन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए पनि जितका लागि पर्याप्त भएन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन बनाएको थियो ।
नेपालका गुलसन झाले अविजित ५७, अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाउनुभयो । आठौं विकेटका सन्दीप लामिछाने र गुलशन झाले ८० रनको साझेदारी गर्नुभयो । सन्दीपले ३२ र कप्तान रोहित पौडेलले २९ रन बनाउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०, २१:५१