काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको छ । यसअघि मन्त्रीस्तरीय निणएयबाट फिर्ता भएको जानकारी गराएको सरकारले मंगलबार राष्ट्रिय सभाको बैठकबाट गुठी विधेयक फिर्ता गरेको हो ।
गुठी विधेयक सम्बन्धी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले राखेको प्रस्ताव राष्ट्रिय सभामा बहुमतले स्वीकृत गरेको हो । विधेयक फिर्ता लिदै मन्त्री अर्यालले विधेयकका प्रावधान सही रहेको र विधेयकले समुदायका हितमा काम गर्ने दावी गर्नुभो ।
उहाँले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा आन्दोलन गरेर भ्रम सिर्जना गराइएको आरोप लगाउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६, १६:०७