काठमाडौँ । अबको तीन दिन विभिन्न प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मनसुनी वायु सक्रिय भएकाले पर्सिसम्म नै देशका थोरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
राति कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुनेछ ।
भोलि कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित भारी वर्षा हुँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरी पनि चल्नेछ ।
भोलि राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पर्सि दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुँदा राति कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षा भएपछि बाढी, पहिरो र डुबानको जोखिम बढ्ने देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०, ०९:३७