काठमाडाैँ । असारको तेस्रो हप्ता वित्नै लाग्दासम्म जम्मा २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।
१३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनेमा हिजाेसम्म २६ दशमलव ७१ प्रतिशत अर्थात् ३ लाख ६२ हजार ६ सय २५ हेक्टर खेतमा मात्र रोपाइँ भएको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको हाे ।
पोहोर यो अवधिमा ४० प्रतिशत रोपाइँ भएको थियो ।
प्रतिशतको हिसावमा सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा करिब ४९ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम मधेशमा ९.५३ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै कर्णाली प्रदेशमा ४५, कोशीमा ३६.६७, वागमतीमा ३०.७८, लुम्बिनीमा २४.४३ र गण्डकीमा १७.५५ प्रतिशत रोपाइँ भएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०