काठमाडौँ । कोशी प्रदेश सरकार गठनविरुद्ध नेकपा एमालेले दिएको रिटमा सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दैछ ।
निवर्तमान मुख्यमन्त्री तथा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै अस्ति रिट दर्ता गर्नुभएको थियो ।
मुख्यमन्त्रीमा काँग्रेसका उद्धव थापा नियुक्त हुनुभएको छ भने आज उहाँले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
रिटमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रदेश प्रमुखको कार्यालय, कोशी प्रदेशस मुख्यमन्त्री थापा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेश र प्रदेशका सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८०