काठमाडौँ । आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली भइ सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुँदा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।
राति कोशी र गण्डकी प्रदेश लगायत देशका तराईका केही तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुँदा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८०