काठमाडौँ । सरकारी ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेको छ ।
काठमाडौँबाट विराटनगर जाने क्रममा सचिव राउतलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
राउतले भौतिक निर्माण मन्त्रालयमा शाखा अधिकृत छँदा ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८०