काठमाडौँ । चन्द्रमास पात्रोअनुसार यसपटक साउने सोमबारको व्रत असारबाटै सुरु भएको छ ।
गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मको एकमहिनाका सोमबारहरूमा व्रत बस्ने प्रचलन हिन्दुधर्माबलम्बीहरूमा छ। गुरुपुिर्णिमा पछिको पहिलो सोमबार आज भए पनि साउन महिना भने लागिसकेको छैन ।
यस वर्ष साउनमा अधिकमास रहेकोले एक महिनाभरि कुनै पनि धार्मिक कार्य नहुने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आजदेखि सोमबारको व्रत सुरु भएपछि पशुपतिनाथमा ब्रतालु बढेका छन् । आज विहानैबाट ब्रतालु पशुपतिनाथ मन्दिरमा पुगेर शिवको पूजाआरधना गरेका छन् ।





प्रकाशित मिति: सोमबार, असार २५, २०८०