साँफेबगर । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ । चार जना घाईते भएका छन् । उनीहरु सबै दशपल्ले माविमा अध्ययनरत विद्यार्थी हुन् । घटनामा मृत्यु हुनेमा कक्षा ८ मा अध्ययनरत वर्ष १३ की काली साउँद, कक्षा ९ मा पढ्ने १५ वर्षकी लक्ष्मी साउँद र सोही विद्यालयबाट यो वर्ष एसईई परीक्षा दिएका १६ वर्षीय रमेश साउँद रहेको प्रहरीले जनाएको छ ।
अन्य ४ जना घाईतलाई भने उपचारको लागि नजिकैको अस्पताल पठाइएको छ । ट्याक्टर चालक भने हाम फालेर बाँचेका छन । ट्याक्टर सह-चालकले चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानकबाट देखिएको छ । मृत्यु भएका रमेश साउदले ट्याक्टर चलाएका थिए । एसईई दिएर बसेका उनी ट्याक्टरमा सहचालकको काम गर्थे ।
घटनामा घाइते कक्षा ६ का उत्तम साउँद, कक्षा ८ का मानबहादुर भुल र कक्षा ९ का सारदा साउँदको अवस्था गम्भीर छ भने कक्षा १ मा अध्ययनरत सरस्वती साउँद सामान्य घाइते भएकी छन् । उनीहरु चारै जनालाई उपचारका लागि चौरपाटी स्वास्थ्य केन्द्रमा पु¥याइएको छ । सोकटबाट बालुवा ल्याउन सेती नदी तर्फ जादै गरेको से १ त ७८३९ नम्बरको विद्यार्थी सवार ट्रयाक्टर ओरालोमा अनियन्त्रीत हुदाँ दुर्घटना भएको थियो ।
बिहानी कक्षा सञ्चालन भइरहेको दशपल्ले मावि तर्फ जाँदै गरेका विद्यार्थी बाटोमा ट्रयाक्टर भेटिएपछि तछाडमछाड गर्दै चढेको स्थानीयले बताएका छन् । प्रहरीका अनुसार घटनाको अध्ययनका लागि जिल्ला प्रहरी कार्यालय मंगलसेन, इलाका प्रहरी कार्यालय साँफेबगर र चौरापटीबाट प्रहरी घटनास्थल गएको छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६, ०८:४९