काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।
हेलिकोप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । चालक नेपाली र पाँच जना यात्रु मेक्सिकोका रहेको उहाँले जानकारी िदनुभयाे ।
बिहान १० बजे उडेको हेलिकोप्टर सवा १० बजेबाट सम्पर्कविहीन भएको हो। हेलिकप्टरको खोजी थालिएको छ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०