विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको हेलिकाेप्टर दुर्घटना हुँदा पाँच जनाकाे शव भेटिएको तर सनाखत भने हुन बाँकी रहेको दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका २ का वडा अध्यक्ष ड्वाङ ठिले शेर्पाले जानकारी दिनुभयो । हेलिकोप्टरमा एकजना चालक र ५ जना यात्रु रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको ९ एन एमभी कलसाइनको हेलिकोप्टर दुर्घटना भएको हो ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०