विराटनगर । सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामजुरामा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना हेलिकोप्टर चालक र ५ जना यात्रुको मृत्यु भएको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोलाले सीआईएनसँग बताउनुभयो ।
छ जनाको शव भेटिए पनि हेलिकोप्टर चालक चेतन गुरुङको मात्र सनाखत भएको उहाँले बताउनुभयो । हेलिकोप्टरमा पाँच जना मेक्सिकन नागरिक यात्रु रहेका थिए ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको ९ एन एमभी कलसाइनको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको हो ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८०