काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको अस्पतालले पुष्टि गरेको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि दाहाललाई आज बिहान अस्पताल लगिएको थियो । उहाँ ६९ वर्षको हुनुहुन्थ्यो ।
प्रधानमन्त्री प्रचण्ड पनि अहिले नर्भिक अस्पताल पुग्नु भएको छ ।
स्वर्गीय दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र २ बजे पशुपति आर्याघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उहाँ नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार पनि हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०