काठमाडाैँ । नेकपा माओवादी केन्द्रका सल्लाकार तथा नेकपा माओवादीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको आज दिउँसो पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो ।
उहाँको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्ड र छोरीहरू रेणु र गंगा दाहालले दागबत्ती दिनुभयो ।पार्थिव शरीरमा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाउनुभएको थियो भने नेपाली सेनाको टुकडीले राष्ट्रिय सम्मान स्वरुप अन्तिम सलामी दिएको थियो । त्यसअघि उहाँको पार्थिव शरीर माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिएको थियो ।नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव नेपाललगायत नेतासहित धेरै कार्यकर्ता र सर्वसाधारण पशुपति आर्यघाट पुगेका थिए ।
६९ वर्षिय दाहालको मंगलबार बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८०, १६:२६