काठमाडाैँ । सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या २३ प्रतिशतले घटेको छ ।
नेपाल प्रहरीका अनुसार गएको साउनदेखि जेठ मसान्तसम्मकोे ११ महिनामा सडक दुर्घटनामा परी २ हजार २ सय ४ जनाको मृत्यु भएको छ । गत आर्थिक बर्षको यहि अवधिमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या २ हजार ८ सय ८३ थियो ।
यस अवधिमा सडक दुर्घटना करिब १३ प्रतिशतले घटेको छ । ११ महिनामा २१ हजार ४८३ वटा सडक दुर्घटना भएका छन् ।
जुन गत वर्षको तुलनामा करिब १३ प्रतिशत कम हो । गत वर्ष २४ हजार ५३७ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । गत आर्थिक वर्षमा करिब ४० हजार सवारीसाधन दुर्घटना भएकोमा यसपटक ३४ हजार सवारी साधन मात्र दुर्घटनामा संलग्न रहेका छन् ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८०, १९:३३